आज जोरायलको चनकट्टेमा शिबरात्री मेला हुने

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिकाको वडा नं. ३ स्थित चनकट्टेमा आज महाशिबरात्री मेला हुने भएको छ । स्थानीय चनकट्टे बजार स्थित शिब मन्दिरमा मेला हुने वडा अध्यक्ष नविन ओझाले जानकारी दिनु भयो ।
जोरायलको चनकट्टे ऐतिहासिक क्षेत्र हो । परापूर्बकाल देखि चनकट्टेमा शिबरात्री मेला हुँदै आएको छ । शिबरात्री मेलामा जोरायल गाउँ पालिकाका साथै बिभिन्न छिमेकी गाउँ पालिकाहरुबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन । शिबरात्रीको दिन श्रद्धालु भक्तजनहरुले दिनभर शिब मन्दिरमा भजन किर्तन गर्ने गर्दछन ।
यस बर्षको शिबरात्री मेलाको दिन अन्तराष्ट्रिय नारी दिवस पनि परेकाले चनकट्टेमा बिबिध साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिने भएको वडा अध्यक्ष ओझाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.