घण्टेश्वर अनलाईन
सिलगढी
नेपाल शिक्षक संघ डोटीको २४ औं जिल्ला प्रतिनिधि सभा बैठक पेशागत सवालमा बिभिन्न प्रस्ताब पारित गर्दै सोमबार सिलगढीमा सम्पन्न भएको छ । जिल्ला प्रतिनिधि सभाबाट पारित गरिएका बिभिन्न प्रस्ताबहरुमा वाल बिकास शिक्षक, बिद्यालय कर्मचारी लगायत बिभिन्न पेशागत समस्याहरु रहेका जिल्ला अध्यक्ष नवराज जोशीले बताउनु भयो ।
२४ औं जिल्ला प्रतिनिधि सभा बैठकको दिपायल सिलगढी नगर पालिकाको सभाकक्षमा उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्ब आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले शिक्षा क्षेत्रको बिकास गर्न शिक्षकमा लगानी गर्नु पर्ने कुरामा जोड दिनु भयो । नेपालको संबिधानले संघियता कार्यान्वयन गर्ने सन्र्भमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले स्थानीय स्तरको शिक्षाका सवालमा जिम्मेवार बन्नु पर्ने बताउनु भयो । स्थानीय तह तथा प्रदेशले अधिकारमात्र नभएर कर्तव्य पनि पालना गर्नु पर्ने नेता बिष्टको भनाई थियो ।
नेपाल शिक्षक संघ डोटीका अध्यक्ष नवराज जोशीको अध्यक्षता तथा सचिब शेरबहादुर बोहराको सन्चालनमा सम्पन्न सो कार्यक्रममा पूर्ब साँसद भरतबहादुर खड्का, नेपाली काँग्रेस महासमिति सदस्य सीताराम जोशी, लोकेन्द्र शाही, दिपायल सिलगढी नगर पालिकाका प्रमुख बिजय खड्का, शिखर नगर पालिकाका प्रमुख दीर्घ बलायर, नेपाली काँग्रेस डोटीका सचिब नारायण बलायर, शिक्षक महासंघ डोटीका अध्यक्ष पुरन खड्का, नेपाल शिक्षक संघ महाधिबेशन प्रतिनिधि गगनसिंह कार्की, नेपाल ट्रेड युनियन काँग्रेस डोटीका अध्यक्ष शँकर कठायत लगायतका बक्ताहरुले डोटी जिल्लामा शिक्षाको बिकास तथा शिक्षकहरुका समस्याका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक सँघका जिल्ला सचिब शेरबहादुर बोहराले प्रस्तुत गर्नु भएको साँगठनिक तथा आर्थिक प्रतिबदेन सर्ब सहमतीले पारित गरिएको नेपाल शिक्षक संघ डोटीले जनाएको छ ।