घण्टेश्वर अनलाईन
दिपायल
पछिल्लो समयका चर्चित डेउडा गायक शेर साउँदको नयाँ डेउडा गीत “गौणा लैग्यो, अड्डा लैग्यो” युटुव मार्फत सार्बजनिक भएको छ ।
कलाकार शेर साउँद र कृष्णा बजगाईंको स्वरमा रहेको नयाँ डेउडा गीत “गौणा लैग्यो, अड्डा लैग्यो” मा सुदूर पश्चिमको प्रदेश राजधानी दिपायलबाट धनगढी सार्ने क्रममा रहेका सबै घट्नाक्रमहरुलाई समेटिएको छ ।
बिगत ३० दशक देखि सुदूरपश्चिम प्रदेशको राजधानी रहेको डोटी दिपायलमा प्रदेश राजधानी हुनु पर्ने डोटीबासीले माग राख्दै बिभिन्न संघर्ष समेत गरेका थिए । पवन महराको शब्द रचना रहेको डेउडा सो गीतमा प्रदेश राजधानी दिपायल कायम गर्ने सन्दर्भमा डोटीबाट निर्बाचित भएका जनप्रतिनिधिहरुले समेत धोका दिदा आम डोटेलीहरुको चित्त दुखाएको विषय उल्लेख छ ।
डेउडा गीत “गौणा लैग्यो, अड्डा लैग्यो” को रेकर्डिङ्ग द ईरा रेकर्डिङ्ग स्टुडियो काठमाण्डौं र कुसुम डिजिटल अत्तरियामा भएको हो । गीतमा सँगीत कलाकार शेर साउँद, एरेन्जर तथा मिक्सिङ्ग कृष्ण बाजुरेलीले गरेका छन । म्युजिक भिडियोमा दिपायलमा प्रदेश राजधानी कायम गर्न भएका बिभिन्न संघर्षका कार्यक्रमहरुका भिडियोहरु समेत समाबेश गरिएका छन ।