कबिराम डाँगी
जोरायल
डोटीको जोरायलमा चैत्र २८ देखि दोश्रो जोरायल महोत्सब आयोजना हुने भएको छ । जोरायल क्षेत्रमा सकृय सामाजिक सँस्था युनिक युथ स्पोर्टस क्लबले यही चैत्र २८ देखि २०८१ बैशाख ३ गते सम्म दोश्रो महोत्सब आयोजना गर्न लागेको हो ।
महोत्सब आयोजना गर्नको लागि क्लबका अध्यक्ष पवन शाहु सँयोजक र केशव जोशी सह सँयोजक रहेको एक मूल तयारी समिति पनि गठन गरिएको छ । जोरायलको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार, स्थानीय कृषि उपज तथा व्यापार व्यवसायको प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सब आयोजना गर्न लागिएको सह सँयोजक केशज जोशीले जानकारी दिनु भयो ।
सह सँयोजक जोशीका अनुसार महोत्सबका क्रममा स्थानीय, प्रदेश स्तरीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, स्थानीय सँस्कृति झल्किने बिबिध प्रस्तुती, जोरायल क्षेत्रको स्थानीय कृषि उपज तथा घरेलु उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रमहरु आयोजना गरिने छन ।
समृद्धिको अभियान, जोरायलको पहिचान भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त महोत्सब जोरायल गाउँ पालिका, स्थानीय सरकारी तथा गैरसरकारी निकाय, उद्योगी व्यापारीहरुबाट सहयोग रहने क्लबले जनाएको छ ।
युनिक युथ स्पोर्टस क्लबले गत बर्ष चैत्र २८ देखि २०८० बैशाख ३ गते सम्म प्रथम जोरायल महोत्सब आयोजना गरेको थियो ।