दिपायल बोगटान सडक खण्डको बास्कोटमा ट्याक्टर दुर्घटना, तीन जना घाईते

घण्टेश्वर अनलाईन
दिपायल
डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ४ बास्कोटमा बिहीबार ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ट्याक्टरमा सवार ६ जना मध्य परि ३ जना घाइते भएको प्रहरीले जनाएको छ । ट्याक्टरको ट्रली सडकमै पल्टिँदा दुर्घटना भएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायलबाट के आई ंिसंह गाउँपालिका ३ झिंगाबस्ती तर्फ गइरहेको लु २ त ९७६४ नम्बरको ट्याक्टर दिपायल बोगटान सडक खण्डको केआइसिंह ४ बास्कोटमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि घाइते हुनेमा टिकापुर नगरपालिका–६ कैलालीका १७ वर्षिय राहुल चौधरी, २२ बर्षिय पर्शु चौधरी र कैलालीकै भजनी नगरपालिका वडा नं. ८ का ३० बर्षिय दुर्जन चौधरी रहेका छन् । घाइते भएका मध्य राहुल चौधरी र पर्शु चौधरीको अवस्था सामान्य रहेको छ । उनिहरु सुजङ्ग अस्पताल राजपुरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् भने दुर्जन चौधरीलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नंं १२ निवासी ट्याक्टर चालक ४० बर्षिय बालकृष्ण चौधरी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.