जोरायलका पुराना कम्युनिष्ट नेता उपेन्द्र ठगुन्नाको निधन

घण्टेश्वर अनलाईन
जोरायल

डोटीको जोरायल क्षेत्रका पुराना कम्युनिष्ट नेता उपेन्द्र ठगुन्नाको ६८ बर्षको उमेरमा बिहीबार निधन भएको छ । जोरायल गाउँ पालिका वडा नं. ४ गोल्ला निवासी ठगुन्ना लामो समय देखि दम रोगबाट पीडित हुनु हुन्थ्यो । उहाँको निधनमा पार्टी नेता तथा कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन । नेता ठगुन्नाको निधन भएको खबर पाएपछि नेकपा(एमाले) का नेता कार्यकर्ताहरु उहाँको घरमा पुग्ने क्रम जारी छ । म काम बिशेषले धनगढी थिएँ । नेता उपेन्द्र ठगुन्नको निधन भएको खबर सुनेपछि जोरायल फर्किरहेको जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
अध्यक्ष ओझाका अनुसार नेता ठगुन्नाको पार्थिब शरिरमा स्थानीय पार्टी कमिटीले झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेपछि शुक्रबार अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ ।
बि.सं. २०२८ सालदेखि नेकपा(माक्र्सबादी) मा आबद्ध भई कम्युनिष्ट अन्दोलनमा लागेका ठगुन्नाले पार्टी एकीकरण पश्चात जोरायल क्षेत्रमा नेकपा(एमाले को सँगठन बिस्तारमा उल्लेखनिय भूमिका निर्बाह गर्नु भएको थियो । ठगुन्नाको निधनले पार्टीलाई क्षती पुगेको स्थानीय पार्टी कार्यकर्ताहरु बताउँछन ।
ठगुन्नाले सधैं पार्टीको पक्षमा योगदान दिनु भयो । पार्टीमा आबद्ध रहुन्जेल उनले कहिले पनि अवसरको लागि राजनीति गरेनन् । कुनै लाभको पद प्राप्त गरेनन् । नेकपा(एमाले) का स्थानीय पार्टी कार्यकर्ताका अनुसार पछिल्लो पछिल्लो समय पार्टीमा मौलाउदै गएको पैसा र बलको राजनीतिले ठगुन्ना लगायत पुराना नेता कार्यकर्तालाई किनारा लगाउने काम भयो । तर पनि ठगुन्ना कहिले पनि निराश भएनन् । पार्टीको पक्षमा बाचुन्जेल निरन्तर लागि रहे । उहाँको निधनमा घण्टेश्वर अनलाईन हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।

Leave A Reply

Your email address will not be published.