घण्टेश्वर अनलाईन
अत्तरकाँडा, बडिकेदार
डोटीको दक्षिणी क्षेत्रमा पर्ने बडिकेदार गाउँ पालिकाको अत्तरकाँडामा शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
बडिकेदार गाउँ पालिका वडा नंं ५ अत्तरकाँडा स्थित मेलघडी आधारभूत बिद्यालयमा प्रस्ताबित मा.बि. तहको पठनपाठन सन्चालन गर्न आर्थिक श्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो ।
उक्त महायज्ञ यही चैत्र २० देखि २६ गतेसम्म आयोजना हुने छ । डोटीको प्रमुख शक्ति पिठ बडिकेदारको काखमा रहेको अत्तरकाँडामा आयोजना हुन लागेको महायज्ञमा प्रखर कथा बाचक आचार्य श्री किशोर शरण सुबेदी जि महाराजले कथा बाचन गर्नु हुने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर थापाले जानकारी दिनु भयो ।
डोटीको अत्तरकाँडा भौगोलिक रुपमा बिकट रहेका कारण बालबालिकाहरु आधारभूत तह पास गरेपछि बिचैमा अध्ययन छोड्नु पर्ने बाध्यता रहेको छ । गाउँमा माबि तह सम्मको पठनपाठन सन्चालन गर्नु पर्ने माग बढेपछि माबि सन्चालनको प्रकृया अगाडी बढाईएको बिद्यालयले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार मेलघडी आधारभूत बिद्यालयबाट आधारभूत तह पास गरिसकेपछि मान्नाकापडी, बर्छैन र रन्तोला जानु पर्ने बाध्यता रहेको छ । शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञबाट सँकलन भएको आर्थिक श्रोतले माबि सन्चालनको लागि आधार तयार गर्ने अपेक्षा गरिएको अध्यक्ष थापाले बताउनु भयो ।
उक्त धन धान्यान्चल, पितृमोक्ष धार्मिक ज्ञान महायज्ञमा सहभागि भई दिन बिद्यालयले बडिकेदारबासी तथा डोटी जिल्लाबासीहरुमा हार्दिक अनुरोध गरेको छ ।