सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखद्वारा फेरी आह्वान

All time tax

घण्टेश्वर अनलाईन
धनगढी कैलाली
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६ गते भित्र मुख्यमन्त्रीमा दावी गर्न फेरी आह्वान गरेका छन । यसअघि मुख्यमन्त्रीको लागि बिभिन्न दलहरुले गरेको दावी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाले दोश्रो पटक दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाएर दावी गर्न प्रदेश सभामा रहेका दलहरुलाई आह्वान गर्नु भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता दीर्घराज भट्टद्वारा जारी बिज्ञप्तीमा बैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरिएको छ । नेपालको संबिधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्ने प्रावधान रहेको छ ।
यसअघि प्रदेश प्रमुख मियाले तोक्नु भएको समयसीमा भित्र नागरिक उन्मुक्ति पार्टीका साँसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले फरक फरक पार्टीको समर्थन जुटाएर मुख्यमन्त्री पदमा दावी गरेका थिए ।
उक्त घट्नाक्रमले सुदूरपश्चिमको राजनीति मात्र नभएर केन्द्रीय सत्ता गठबन्धनमा समेत तरँग पैदा गरेको थियो । नागरिक उन्मुक्ति पार्टीका साँसद लक्ष्मणकिशोर चौधरीलाई काँग्रेसका १८, केन्द्रीय सत्ता वन्धनमा रहेको दल समाजवादीका ४, राप्रपाका एक साँसदले समर्थन रहेको पत्र र नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई माओवादीका सभामुखसहित ११, एमालेका १० र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाईएको थियो । एउटै दलबाट दुईजनाले मुख्यमन्त्री पदमा दावी गरेपछि प्रदेश प्रमुख मियाँलाई निर्णय गर्न सकस परेको थियो । त्यसपछि प्रदेश प्रमुख मियाँले अध्ययन तथा कानूनी परामर्शको लागि दुई दिनको समय मागेका थिए ।
यसैबीच नागरिक उन्मुक्ति पार्टीका साँसद लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको नेकपा(समाजवादी) ले आफ्नो समर्थन फिर्ता लिएको र कुनै पनि दावीमा स्पष्ट बहुमत नरहेको भन्दै फेरी दावी गर्न दलहरुलाई आह्वान गरेका हुन । केन्द्रीय सत्ता गठबन्धन दलहरुले नागरिक उन्मुक्ति पार्टीमा बिवाद रहेको र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा(समाजवादी) लाई दिने समझदारी गरेकाले सुदूरपश्चिम प्रदेशमा नेकपा(समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

Leave A Reply

Your email address will not be published.