मानव अधिकार एलाईन्स डडेल्धुराको अध्यक्षमा गैरे

घण्टेश्वर अनलाईन,

डडेल्धुरा

मानव अधिकार तथा सामाजिक न्याय मञ्च ९मानव अधिकार एलाईन्स० डडेल्धुराको अध्यक्षमा अधिकारकर्मी सुनिता गैरे चयन भएकी छन ।
सो सँस्थाको बुधवार डडेल्धुरामा सम्पन्न अधिबेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो । अधिकारकर्मी गैरे दलित महिला संघ फेडो डडेल्धुरामा कार्यक्रम संयोजक पदमा कार्यरत छिन ।
मानव अधिकार एलाईन्स डडेल्धुराका संस्थापक अध्यक्ष गणेश कठायतको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्ष रमेश ठगुन्ना, सचिव राकेश दयाल, कोषाध्यक्ष राधा फुलारा, सदस्य विमला शाही लगायतका पदाधिकारी सर्वसम्मत चयन भएका छन ।

यसै गरि अधिबेशनले एलाईन्सका अध्यक्ष र सचिवले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरि स्वीकृत गरेको सँस्थाले जर्नाको छ ।

Leave A Reply

Your email address will not be published.