कबिराम डाँगी
गैरा, डोटी
सवारी दुर्घटना गराउने चालकलाई कारवाही तथा मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले डोटीको गैरामा भिमदत्त राजमार्ग अवरुद्ध गरेका छन् । बसको ठक्करबाट सोमबार विहान कैलालीको बुढीतोलामा डडेल्धुरा आलिताल गाउँ पालिका वडा नं. १ थकलाडीका पूर्णबहादुर ऐरको निधन भएपछि चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले डोटीको गैरामा राजमार्ग अवरुद्ध गरेका हुन ।
धनगढीबाट सु प्र प ०१ –०१–११–९४७६ नम्बरको मोटरसाईकलबाट घर तर्फ गइरहेका ऐरलाई बैतडीको मेलौलीबाट महेन्द्रनगर तर्फ गईरहेको पवनदूत यातायताको सु प्र ०२–००१ ख १२८७ नम्बरको बसले सोमबार कैलालीको बुढीतोलाको बाख्रा फर्म नजिक सोमबार बिहान १० बजे तिर ठक्कर दिएको थियो । बसको ठक्करबाट घाईते ऐरलाई उपचारको लागि बुढीतोलाका स्थानीय बासिन्दाहरुले तत्काल कैलालीको सेती प्रादेशीक अस्पताल धनगढी लैजाने क्रममा उनको निधन भएको थियो । बस चालक फरार रहेको र ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेको छ ।
घट्ना पश्चात बसका चालक फरार रहेको र बसधनी समेत सम्पर्कमा नआएकाले मृतकको परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको लागि आन्दोलनमा आउनु परेको पीडित पक्षको भनाई रहेको छ । राजमार्ग अबरुद्ध भएपछि सयौं यात्रुहरु बाटोमा अलपत्र परेका छन । आज आन्दोलनको पहिलो चरण हो । पीडितको माग सुनुवाई नभएसम्म अनिश्चितकालिन राजमार्ग अबरुद्ध पीडित पक्षले बताएका छन ।
बसको ठक्करबाट निधन भएका ५२ बर्षिय पूर्णबहादुर ऐर डडेल्धुरा आलिताल गाउँ पालिका वडा नं. १ का पूर्ब वडा अध्यक्ष पनि हुन ।
