डोटीको झिग्रानामा हावा हुरी, एक दर्जन बढी घरमा क्षती

All time tax

घण्टेश्वर अनलाईन
झिग्राना, डोटी
खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको डोटीको झिग्रानामा आज बेलुकी आएको हावा हुरीले एक दर्जन बढी घरमा क्षती पुर्याएको छ ।
बुधबार बेलुकी ५ बजे तिर आएको पानी हावा हुरीले खप्तड राष्ट्रिय निकुन्जका २ भवन र स्थानीय बासिन्दा रामबहादुर ठकुल्लाका घरको छाना उडाएर पूर्ण रुपमा क्षती पुर्याएको स्थानीय ब्यवसायी दीपकबहादुर खड्काले जानकारी दिनु भयो ।
खड्काका अनुसार हावा हुरीसँगै आएको असिनाले स्थानीय बासिन्दाले लगाएको अन्नबाली आलु खेती समेत नष्ट गरेको छ ।

Leave A Reply

Your email address will not be published.