
घण्टेश्वर अनलाईन
सिलगढी
डोटीका १२ हजार बढी बालबालिकालाई आई.पि.भि. खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय डोटीले जेष्ठ १३ गतेदेखि २२ गतेसम्म खोप अभियान सन्चालन गरि बालबालिकाहरुलाई आई.पि.भि. खोप दिन लागेको हो ।
जिल्लाव्यापी आई.पि.भि. खोप अभियानका लागि ९ स्थानीय तहमा ४ सय ३८ खोप केन्द्र निर्धारण गरि १२ हजार दुई सय ३७ जना बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । अभियानमा २०७३ बैशाख देखि २०७५ असोज सम्मको अवधिमा जन्मिएका बालबालिकालाई खोप लगाइने बताईएको छ । आई.पि.भि. खोपबाट वञ्चित बालबालिकाहरूमा पोलियो रोगको जोखिम हुने भएकाले अभियान मार्फत खोप दिन लागिएको कार्यालयले जनाएको छ ।