Prem

डोटी क्याम्पसका आँशिक प्रध्यापकहरु आन्दोलित

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको सदरमुकाम सिलगढी स्थित डोटी बहुमुखी क्याम्पसका आँशिक प्रध्यापकहरु आन्दोलित भएका छन । उनीहरुले डोटी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका छन । त्रिभुवन विश्व विद्यालय आंशिक प्राध्यापक सङ्घको फागुन १७ गतेको निर्णय अनुसार समान कामको समान ज्यालाको माग गर्दै आन्दोलनका कार्यक्रम शुरु गरिएको आंशिक प्राध्यापक सँघ डोटी बहुमुखी क्याम्पसका उपाध्यक्ष उपेन्द्र भट्टले बताउनु भयो ।
आन्दोलनको कार्यक्रम अन्तरगत पहिलो चरणमा क्याम्पस प्रमुखको कार्यालय, लेखा शाखा र प्रशासन शाखामा अनिश्चितकालका लागि तालाबन्दी गरिएको आंशिक प्राध्यापक सँघले जजनाएको छ ।
आँशिक प्रध्यापक सँघले क्याम्पसमा कार्यरत सम्पूर्ण आंशिक प्राध्यापकहरूलाई अविलम्ब करार सेवामा नियुक्त गर्नु पर्ने, श्रम शोषणको अन्त्य गर्नु पर्ने लगायतका माग राखेको छ । तालाबन्दी अवधिभर आफूहरूले पठनपाठनका सम्पूर्ण कार्यहरू बहिष्कार गरिने आँशिक प्रध्यापकहरुले बताएका छन । डोटी क्याम्पसमा अहिले १२ जना आंशिक प्राध्यापक रहेका छन् भने त्रिभुवन विश्व विद्यालय अन्तर्गत देशभर दुई हजार दुई सय आंशिक प्राध्यापकहरू कार्यरत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.