सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका पत्रकार उपाध्यायलाई डोटीको सायलमा नागरिक अभिनन्दन

घण्टेश्वर अनलाईन
सायल, डोटी
व्यवसायिक पत्रकारिता तथा सामाजिक क्षेत्रमा समेत उत्कृष्ट योगदान पु¥याए वाफत सुदूरपश्चिमका चर्चित पत्रकार दीर्घराज उपाध्यायलाई डोटीको सायलमा नागरिक अभिनन्दन गरिएको छ ।
डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले बुधबार एक भब्य कार्यक्रमको आयोजना गरि नागरिक अभिनन्दन गरेको हो । उक्त कार्यक्रममा पत्रकार उपाध्याय सहित समाजसेवासंगै औद्योगिक विकास तथा रोजगारी सृजनामा उत्कृष्ट योगदान पुर्‍याए वाफत बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव (एसपी) सोपकोटा र उनका दाई बसन्त सापकोटा (अमेरिका) लाई संयुक्त रुपमा सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरिएको थियो ।
डोटीको सायल गाउँपालिका पुर्ख्यौली थलो भएका पत्रकार दीर्घराज उपाध्यायले सुदूरपश्चिम प्रदेशमा व्यवसायिक पत्रकारिताको बिकास तथा सामाजिक काममा अग्रपंक्तिमा रहेर योगदान दिएको भन्दै अभिनन्दन समारोहमा बोल्ने वक्ताहरुले पत्रकार उपाध्यायको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
पत्रकार उपाध्यायको अगुवाईमा डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका ५०० विद्यार्थीहरुलाई पोशाक र १० जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउन सहयोग अभियान सन्चालन गरिएको थियो । उक्त अभियान अन्तरगत ५०० विद्यार्थीहरुको पोशाक सिलाई खर्चमा समाजसेवाी तथा बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले सहयोग गरेको पत्रकार उपाध्यायले जानकारी दिनु भयो ।


सोही समारोहमा बिद्यालयको लागि पुस्तकालय, छात्रबृत्ति र झोला लगायतका सामग्री प्रदान गर्ने एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्त, समाजसेवी मधु पाठक, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देल, बाल्मिकी ईन्टरनेशनल धनगढी, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया), खेमराज उपाध्याय (धनगढी) र तिर्थराज जोशी (काठमाण्डौ) लाई कदर पत्र सहित सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले सम्मान गरिएको थियो ।
सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर सिंह, प्रधान अध्यापक खड्क बहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट दोसल्ला र अभिनन्दन पत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीहरुका लागि पत्रकार उपाध्यायको अगुवाईमा सँकलन भएको विद्यालय पोशाक, झोला तथा १४ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको थियो । यसै गरि सोही समारोहमा विद्यालयमा पुस्तकालय स्थापनाका लागि करीव दुई सय पुस्तक समेत हस्तान्तरण प्रदान गरिएको थियो ।
कार्यक्रममा पत्रकार उपाध्यायको अगुवाईमा संकलन भएको सहयोग अभियान अन्तरगत संगम पब्लिकेसन्स काठमाण्डौंका प्रबन्ध निर्देशक सहदेव प्रसाद (एसपी) सापकोटाले बिद्यार्थीहरुको पोशाकको कपडा, पोशाक खरिदमा एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्तले एक लाख रुपैया र समाजसेवी मधु पाठकले ५० हजार रुपैया प्रदान गरेको र सुदूरपश्चिमका बरिष्ठ उद्योगपति तथा समाजसेवी ओम प्रकाश अग्रवालले पोशाक सिलाईको खर्च व्यहोरेको जानकारी दिईएको थियो ।
यसैगरि चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले सय थान झोला, सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देलले सहुलियत दरमा गुणस्तरीय झोला, विद्यालयमा पुस्तकालय स्थापनाका लागि धनगढीस्थित बाल्मिकी ईन्टरनेशनलका तर्फबाट अध्यक्ष दिनेश राज भण्डारीले सय थान पुस्तक, प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, पत्रकार कुन्द दीक्षित, पत्रकार लोग्शरी कुँवर, रविनकान्त पन्त, डिल्लीराज ओझा लगायतले पुस्तक प्रदान गरेका थिए ।


सोही समारोहमा संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सापकोटाले १० जना विद्यार्थीलाई, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) ले एक एक जनालाई छात्रबृतिको रकम प्रदान गरे । उनीहरुलाई मासिक एक हजार रुपैयाका दरले १२ महिनाको छात्रबृति प्रदान गरिएको थियो । सोही कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य पदम राज जोशीले डोटीको सायल गाउँपालिका– २ स्थित भवानी माध्यमिक विद्यालयलाई सहयोग वाफत एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य पद्म राज जोशी, प्रधानअध्यापक खड्क बहादुर सिंह, पत्रकार रामहरी ओझा, नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले बोल्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.