अछाम चौरपाटीका चालिस जना बालबालिकाहरुलाई बिद्यालय झोला बितरण

All time tax

घण्टेश्वर अनलाईन
अछाम
अछाम जिल्लाको चौरपाटी गाउँपालिका स्थित पन्चकोटी आधारभूत बिद्यालयका विपन्न परिवारका ४० जना बालबालिकाहरुलाई बिद्यालय झोला बितरण गरिएको छ ।
अमेरिकाको टेक्सास स्थित समाजसेवी माला महतको पहल तथा अमर क्षेत्री फाउन्डेशनको सहयोगमा उपलब्ध गराईएको बिद्यालय झोलाहरु आज कैलालीकी समाजसेवी लक्ष्मी बोगटी(कुँवर) ले एक कार्यक्रमका बिचमा हस्तान्तरण गर्नु भयो ।
बिपन्न तथा गरीव परिवारका बालबालिकाहरुलाई बिद्यालय झोला उपलब्ध गराइृ पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यले झोला बितरण गरिएको झोला हस्तान्तरण कार्यक्रममा समाजसेवी लक्ष्मी बोगटी (कुँवर) ले बताईन । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, शिक्षक बिद्यार्थी, बिद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले गरीव तथा विपन्न बालबालिकाहरुलाई बितरण गरिएको सहयोगले बिद्यालय छोड्ने तथा बिद्यालयमा हुने अनुपस्थिती दरमा कमी आउने अपेक्षा गरिएको बताए । साथै झोला सहयोग गर्ने अमेरिकाको टेक्सास निवासी अमर क्षेत्री फाउन्डेशनका अमर क्षेत्री तथा सहयोगको लागि पहल गर्ने टेक्सासकी सामाजिक अभियन्ता माला महतलाई स्थानीयले धन्यवाद दिएका थिए ।

 

Leave A Reply

Your email address will not be published.