
घण्टेश्वर अनलाईन
अछाम
अछामको तुर्माखाँद गाउँपालिका स्थित जैसरादेवि स्मृति युवा क्लवले आयोजना गरेको चौथो संस्करणको खुल्ला क्रिकेट प्रतियोगितामा दैलेख जिल्लाकोे आठबिस नगरपालिका टिम बिजयी भएको छ ।
असोज २९ देखि कार्तिक ५ गतेसम्म आयोजना गरिएको खुल्ला क्रिकेट प्रतियोगितामा अछाम, दैलेख र सुर्खेतका १६ टीमको सहभागिता रहेकोमा दैलेख जिल्लाकोे आठबिस नगरपालिका टिमले बिजयी भएको हो । बिगत ४ बर्ष देखि आयोजना हुँदै आएको खुल्ला क्रिकेट प्रतियोगिता अन्तरगत दैलेख जिल्लाकोे आठबिस नगरपालिका टिमले लगातार तेश्रो उपाधी जित्न सफल भएको हो ।
उक्त प्रतियोगितामा आयोजक सँस्था जैसरादेवि स्मृति युवा क्लव ए ले दोश्रो स्थान हात पारेको छ ।
तुर्माखाँद गाउँपालिका रानी बन खुल्ला चौरमा आयोजना गरिएको चौथो संस्करणको खुल्ला क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा तुर्माखाँद गाउँ पालिकाकी उपाध्यक्ष बिमला शाहीले प्रथम हुने टीमलाई रु. ७५ हजार नगद, प्रमाण पत्र तथा दोश्रो हुने टीमलाई ३५ हजार नगद तथा प्रमाण पत्र प्रदान गर्नु भएको क्लबका अध्यक्ष जनक बिष्टले बताउनु भयो ।
समापन कार्यक्रमा तुर्माखाँद गाउँ पालिका वडा नं. ६ का वडाअध्यक्ष टीकाराम न्यौपाने, समाजसेवी बेलुदेबी साउँद लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।