Prem

डोटीमा बिद्युतीय राहादानी सेवा शुरु

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटी जिल्लामा बिद्युतीय राहदानी (ई पासपोर्ट) सेवा शुरु गरिएको छ । सेवाग्राहीको लामो प्रतीक्षा पछि यहि फागुन २३ गते देखि बिद्युतीय राहदानी सेवा शुरु गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
पुरानो हस्त लिखित र एम आरपी राहदानी विस्थापित गरि बिद्युतीय राहदानी सेवा शुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी शँकरबहादुर बिष्टले जानकारी दिनु भयो । राहदानी विभागबाट २०७८ मंसिर १ गते शताव्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो बिद्युतीय राहदानी( ई पास पोर्ट) दिदै सेवा शरू गरिएको थियो । यो आधुनिक र विश्वासिलो राहदानी हुनुका साथै प्रकृयागत रूपमा कम झन्झटिलो र शिघ्र प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
बिद्युतीय राहदानी कसरी आवेदन गर्ने ?
यसको लागि अनिवार्य रूपमा अनलाईनबाट मिति र समय वुक गर्नु पर्छ । https://emrtds.nepalpassport.gov.np लिंकमा गई आवेदन र राहदानीको प्रकार छान्नु पर्छ । पुरानो एमआरपी हुनेले  Renewal र पहिलो पटक राहदानी वनाउने वा हस्तलिखित हुनेले New  भन्ने Option छानेर फाराम भर्नु पर्दछ । फाराम वुझाउने ठाउँ (Appointment Center) छान्दा जिल्ला प्रशासन कार्यालय डोटी छनौट गर्नु पर्दछ । बिद्युतीय राहदानी (ई पासपोर्ट) लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुदा जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचय पत्र दर्ता स्टेशनमा सक्कलै नागरिकता र अन्य कागजात सहित सम्पर्क गरि वनाउन सकिने छ । डोटी जिल्लामा आवेदन गर्दा डोटी जिल्लामा स्थायी वसोवास भएको, नागरिकता लिएको वा वसाई सरी आएको भए सो को प्रमाण भएकाले मात्र आवेदन गर्न सकिने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
Pre–enrollment गरि सकेपछि सेवाग्राहीले पुर्याउनु पर्ने प्रकृया : Pre–enrollment लिईएको आवेदन फारामको प्रिन्ट सहित सक्कल कागजात लिइ Live Enrollment का लागि कार्यालयमा उपस्थित हुनु पर्दछ । विवरण रूजु भै ठीक भएमा वैंकमा दस्तुर वुझाई सक्कलै भौचर पेश गर्ने र फोटो सहित अन्य वायोमेट्रिक्स दिनु पर्दछ ।

Leave A Reply

Your email address will not be published.