घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले दुर्गम गाउँबस्ती सम्म स्थानीय सरकार पुग्न सफल भएको दावी गर्नु भएको छ । जोरायल गाउँपालिका वडा नं. ६ स्थित कृष्ण माध्यमिक बिद्यालयको २ तले पक्की बिज्ञान प्रयोगशाला भवनको उद्घाटन गर्दै अध्यक्ष ओझाले जोरायल गाउँपालिकाका अधिकाँश भु भाग बिकट रहेको बताउदै ति गाउँ बस्तीका साझा समस्याहरु समाधान गर्ने गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताउनु भयो । निर्बाचन घोषणा पत्रमा उल्लेख गरिएका बिषय र गाउँपालिकाले योजना गरेका अधिकाँश कामहरु सम्पन्न भईसकेकाले बाँकी कामहरु पनि क्रमस सम्पन्न गरिने बताउनु भयो । उक्त कार्यक्रममा अध्यक्ष ओझाले तत्काल उक्त बिद्यालयको लागि आईसिसि प्रयोगशाला निर्माणको लागि ६ लाख ५० हजार सहयोग गर्ने, दह, सिस्मडा, बगिडा, अनरकट्टे र बडिकेदार गापा वडा नंं १ पातललाई समेत समेट्ने गरि तत्काल सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले हाम्रो गाउँ पालिकालाई समृद्ध बनाउनका लागि दुर्गम गाउँबस्तीबाट बिकासका योजना सन्चालन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारासिंह क्षडालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख तेजबहादुर खत्री, स्वास्थ्य इकाई प्रमुख गोविन्द विष्ट, वडा सदस्य दलबहादुर बोहरा, सुरेन्द्र बोहरा लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
जोरायल गाउँपालिकाको करिब ३६ लाख बजेटबाट उक्त बिज्ञान प्रयोगशाला भवन निर्माण गरिएको बिद्यालयले जनाएको छ ।