बाल विवाह रोक्न सचेतनामूलक साँस्कृतिक कार्यक्रम

All time tax

घण्टेश्वर अनलाईन
गडसेरा, डोटी
जोरायल गाउँ पालिका वडा नं. ५ बमनकट्टे त्रिबेणी धाममा यहि चैत्र ३ गते वाल विवाह बिरुद्ध सचेतनामूलक साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
यस बर्षको होली पर्वको अवसर पारि “सानै छु म बढ्न देऊ, वाल विवाह होईन पढ्न देऊ” भन्ने सन्देश सहितका साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
जोरायल गाउँ पालिका वडा नंं ५ वडा कार्यालयको सहयोगमा स्थानीय त्रिबेणी युवा समाजले आयोजना गरेको उक्त साँस्कृतिक कार्यक्रममा वडा नं. ५ र वडा नं. ६ का बिभिन्न ८ वटा समूहले आफ्नो सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका   थिए ।
उक्त प्रतियोगितामा केदार माबि खसरे निरौली प्रथम, जनता आधारभूत बिद्यालय सिस्मडा दोश्रो, कृष्ण माबि दहले तेश्रो स्थान हासिल गरेका थिए । त्रिबेणी युवा समाजका अध्यक्ष निर्मल भाटको अध्यक्षतामा सम्पन्न उक्त साँस्कृतिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोरायल गाउँ पालिकाका दुर्गदत्त ओझाले वाल विवाह रोक्नको लागि सामाजिक सचेतिकरणको खाँचो रहेको बताउनु भयो । अध्यक्ष ओझाले आफु वाल विवाह मुक्त गाउँपालिका बनाउन लागि परेको बताउदै यस अभियानमा सँलग्न सँघ सँस्थासँग गाउँ पालिका सहकार्य गर्न ईच्छुक रहेको बताउनु भयो । त्रिवेणी क्षेत्रको बिकासको लागि गाउँ पालिकाले पहल गर्ने अध्यक्ष ओझाले प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमूना बोहराले वाल विवाह रोक्नको लागि समाजका हरेक सचेत नागरिकको भूमिका उत्तिकै रहेको बताउदै यसका लागि जागरणको अभियान सँचालन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै जोरायल गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द विष्टले वाल विवाह स्वास्थ्यसँग जोडिएको विषय भएकाले वाल तथा मातृ मृत्युदर घटाउन यसको अन्त्य गर्न सबैले लाग्नु गर्ने र आम जनचेतना जगाउनु पर्ने आबश्यकता औल्याउनु भयो ।
उक्त कार्यक्रममा स्थानीय भविन देउवा, ईश्वरसिंह क्षेडाल, सुरेन्द्र देउवा लगायतका बक्ताहरुले बोल्नु भएको थियो भने कार्यक्रममा चर्चित कलकार सौगात ओझा तथा अन्य स्थानीय कलाकारहरुले बिभिन्न गीत प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.