घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
लैङ्गिक उत्तरदायी बजेट निर्माण र कार्यान्वयन गर्न सके लैङ्गिक बिभेद अन्त्य गर्न सकिने आईतबार सिलगढीमा आयोजना गरिएको एक अन्तरकृया कार्यक्रमका सहभागिहरुले बताएका छन ।
मानब अधिकारको लागि महिला, एकल महिला समुह डोटीद्धारा आयोजना गरिएको लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि अन्तरकृया कार्यक्रममा सहभागिहरुले लक्षित समुदायलाई पनि लैङ्गिक उत्तरदायी बजेटका बारेमा सचेतिकरण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
सरोकारवालाहरुलाई लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि जानकारी दिई कार्ययोजना निर्माणमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त अन्त्रकृया कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष तथा नगरपालिकाका बिषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मानब अधिकारको लागि महिला, एकल महिला समुह डोटीद्धारा सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता परियोजना अन्र्तगत आयोजना रिएको उक्त अन्त्रकृया कार्यक्रममा लैङ्गिक उत्तरदायी बजेट बिनियोजन र कार्यान्वयको अवस्थाको बारेमा छलफल गरिनुका साथै आगामी दिनमा गर्न सकिने कामको योजना समेत तयार गरिएको सो सँस्थाले जनाएको छ ।
यसै गरि सो सँस्थाद्धारा स्थानीय तहका महिला जनप्रतिनीधिहरुका लागि आयोजना गरिएको दुई दिने नेतृत्व बिकास तालीम सिलगढीमा सम्पन्न भएको छ ।
दिपायल सिलगढी नगरपालिका र पूर्बिचौकी गाउँपालिकाका महिला जनप्रतिनीधिहरुको सहभागिता रहेको उक्त तालीममा लैङ्गिक उत्तरदायी बजेट, न्यायिक समितिको काम कर्तब्य, नेतृत्व बिकास सम्बन्धि बिबिध बिषयमा जानकारी दिईएको सो सँस्थाका परियोजना अधिकृत लक्ष्मी देउवा बमले जानकारी दिनु भयो ।