सुदूरपश्चिमका सबै जिल्लामा युवा सशक्तिकरण समितिका अध्यक्ष नियुक्त

घण्टेश्वर अनलाईन
डोटी
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा जिल्ला युवा सशक्तिकरण समितिका अध्यक्ष नियुक्त गरिएको छ ।
सबै जिल्लामा अध्यक्ष नियुक्त गरिएपछि प्रदेश युवा परिषदले पूर्णता पाएको सुदूर पश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसअघि प्रदेश स्तरमा कार्यकारी उपाध्यक्षसहित सदस्यहरु सहितको प्रदेशस्तरीय समिति मात्रै गठन गरिएको थियो ।
प्रदेश स्तरमा प्रदेश युवा परिषद रहेपनि जिल्ला स्तरमा भने जिल्ला युवा सशक्तिकरण समिति बनाईएको छ । जिल्ला युवा सशक्तिकरण समितिले प्रदेश युवा परिषद मातहतमा रहेर कार्य गर्ने बताईएको छ । जिल्ला युवा सशक्तिकरण समितिको अध्यक्षहरुमा क्रमस डोटीमा प्रकाश जैशी, कैलालीमा बाबुराजा श्रेष्ठ, बझाङ्गमा देबीजँगबहादुु सिंह, अछाममा नयनबहादुर सोडारी र बाजुरामा दीपकबहादुर खत्री डडाल रहेका छन ।
यसै गरि कन्चनपुर जिल्लामा दिपक बिसि, डडेल्धुरा जिल्लमा करन साउँद, बैतडी जिल्लामा बिरेन्द्रबहादुर धामी र दार्चुला जिल्लामा दिनेश अवस्थी जिल्ला युवा सशक्तिकरण समितिको अध्यक्षमा नियुक्त हुनु भएको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिमका ९ वटै जिल्लामा नियुक्त गरिएका जिल्ला युवा सशक्तिकरण समितिका अध्यक्षहरुलाई आज बुधवार सामाजिक बिकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि पद तथा गोपनियताको सपथ समेत खुवाएको छ ।

Leave A Reply

Your email address will not be published.