शिक्षक महासँघ डोटीद्धारा बिभिन्न माग सहित ज्ञापन पत्र पेश

घण्टेश्वर अनलाईन, सिलगढी
नेपाल शिक्षक महासङ्घ डोटीले विभिन्न माग राख्दै शुक्रवार शिक्षा बिकास तथा समन्वय ईकाई डोटीमा ज्ञापन पत्र पेश गरेको छ । महासँघले पेश गरेका मागहरुमा शिक्षक तथा कर्मचारीहरुका पेशागत समस्याहरु, शिक्षाको गुणस्तर सुधार लगायत बिभिन्न ३४ सुत्रिय रहेका छन । ज्ञापन पत्र पेश गर्ने क्रममा महासँघको एक टोलीले शिक्षा बिकास तथा समन्वय ईकाई डोटीको कार्यालय अगाडी धर्ना कार्यक्रम समेत आयोजना गरेको थियो ।
नेपाल शिक्षक महासंघ डोटीका अध्यक्ष शंकर कठायतका अनुसार महासँघले पेश गरेका मागहरुमा शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थीका लागि कोभिड विरुद्धको खोप दिने कुरामा सरकारले प्राथमिकता दिनु पर्ने, सङ्घीय शिक्षा ऐन जारी हुनुपर्ने, लामो समयदेखि न्यून तलवमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलव बृद्धि हुनुपर्ने लगायतका रहेका छन ।
महासँघले पेश गरेका मागहरु सम्बोधन नभएसम्म शिक्षकहरुले आन्दोलनका कार्यक्रमलाइ निरन्तरता दिने चेतावनी दिनुभएको थियो । ज्ञापनपत्र बुझ्दै शिक्षा बिकास तथा समन्वय इकाइ डोटीका प्रमुख दिपक कलौनीले शिक्षकहरुका मागलाई अध्ययन गरेर सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.