घण्टेश्वर अनलाईन
बगलेख डोटी
बगलेखको कुडासैन स्थित नेत्रेश्वरी माध्यमिक विद्यालय कुडासैनले बिद्यालयलाई बिभिन्न समयमा सहयोग गर्ने सामाजिक ब्यक्तित्व तथा सँस्थालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
जिल्लाको पूर्बिचौकी गाउँपालिका वडा नंं २ अन्तरगत पर्ने उक्त बिद्यालयको स्थापनाकाल देखि हाल सम्म सहयोग गर्ने पूर्ब शिक्षक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जग्गादाता तथा सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीलाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक मिनराज ओझाले बताउनु भयो ।
उक्त सम्मान तथा साँस्कृतिक कार्यक्रममा साईन नेपालका अध्यक्ष तथा समाजसेवी भक्तराज जोशीले बिद्यालयलाई सहयोग स्वरुप ५० हजार हस्तान्तरण गर्नु भएको बिद्यालयले जनाएको छ । यस अघि जोशीले सोहि बिद्यालयमा रु. ५ लाख ५० हजारको अक्षय कोष स्थापना गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बिभिन्न शैक्षिक प्रदर्शनीहरु, सचेतनामूलक साँस्कृतिक कार्यक्रमहरु, प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधिहरु, समाजसेवीहरु, अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको बिद्यालयले जनाएको छ ।