Prem

वडा कार्यालयद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामग्री बितरण

घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिका ७ नम्बर वडा कार्यालयले वडा भित्रका बिपन्न तथा टुहुरा वालवालिकालाई शैक्षिक सामग्री बितरण गरेको छ । बिपन्न तथा टुहुरा वालवालिकालाई पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा नं. ७ भित्र रहेका करिब १ सय जना वालवालिकालाई शैक्षिक सामग्री बितरण गरिएको वडा अध्यक्ष कर्णबहादुर बिष्टले जानकारी दिनु भयो । शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट बन्चित नहोउन भनेर नगरपालिकाको आ.बं. २०७८/७९ को स्वीकृत बजेट तथा कार्यक्रमबाट सामग्री बितरण गरिएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.