
घण्टेश्वर अनलाईन
डडेल्धुरा
जिल्ला प्रशासन कार्यालय डडेल्धुुराले चैत्र मसान्त भित्रमा हतियार बुझाउन शुक्रबार सार्बजनिक सूचना जारी गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनलाई शान्तिपूर्ण, धाँधली तथा भयरहित रुपमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उक्त सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराद्वारा जारी सूचनामा सबै ईजाजत प्राप्त ब्यक्तिहरुले नजिकको प्रहरी कार्यालयमा गएर आफुसँग रहेको हातहतियार बुझाउन भनिएको छ । आफुसँग रहेको हातहतियार नजिकको प्रहरीमा नबुझाएका प्रचलित कानून अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।