वडा अध्यक्षद्वारा पाँच वर्षको पारिश्रमिक विद्यालयलाई हस्तान्तरण

घण्टेश्वर अनलाईन
बझाङ
बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँचवर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय एक बिद्यालयमा छात्रबृत्ति कोष स्थापना गरेका छन । उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रकम स्थानीय सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरि बिद्यालयलाई चेक हस्तान्तरण गरेका हुन ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष विष्ट निर्माण व्यवसायी समेत हुन् । आफु पैसा कमाउन नभएर समाजसेवा गर्न राजनीतिमा लागेको हुँदा आफुले उक्त रकम बिद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको बताउनु भयो । उक्त छात्रबृत्ति कोष रकमको ब्याजबाट हरेक बर्ष बिद्यालयमा अध्ययनरत असहाय गरीव, जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिने बिद्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.