जातीय तथा लैङ्गिक बिभेद बिरुद्ध कानूनी सचेतिकरण अभियान 

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
दलित महिला संघ (फेडो) डोटीले दिपायल सिलगढी नगरपालिका क्षेत्रका दलित महिलाका लागि जातीय तथा लैङ्गिक बिभेद सम्बन्धि कानून तथा अधिकारको बारेमा जानकारी गराउने भएको छ । कानूनी सचेतिकरणको माध्यमबाट जातीय तथा लैंगिक बिभेद, घरेलु हिंसाका घट्नामा कमि ल्याउने उद्देश्यले उक्त अभियान शुरु गरिएको जिल्ला परियोजना सँयोजक योगेश मल्लले जानकारी दिनु भयो ।
दलित महिलाको बिकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरण परियोजना अन्तरगत दिपायल सिलगढी नगरपालिका क्षेत्रमा गठन गरिएका ५ वटा दलित महिला सन्जाल र १० समूहका १ सय ५० जना दलित महिलाहरुलाई जातीय तथा लैङ्गिक बिभेद बिरुद्ध बनेका कानून तथा अधिकार सम्बन्धि जानकारी गराउने कार्यक्रम रहेको फेडो डोटीले जनाएको छ ।
यसै सन्दर्भमा दलित महिला सँघ डोटीले आज सिलगढीमा ३० जना दलित महिलाहरुलाई विभेद बिरूद्ध बनेका कानुन तथा दलित महिलाका अधिकारका बिषयमा विषयमा जानकारी गराएको छ ।
नेपाल रेडक्रस सोसाईटी डोटी शाखाको सभाकक्षमा आयोजना गरिएको उक्त अभिमूखिकरण कार्यक्रममा जातीय तथा लैङ्गिक बिभेद, घरेलु हिंसा सम्बन्धि कानून, सजाय, उजुरी गर्ने तरिका, हद म्यादका साथै दलित महिलाका अधिकारका बिषयमा जानकारी दिईएको थियो । दलित महिला सँघ डोटीका कार्यबहाक अध्यक्ष लक्ष्मी बादीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मानव अधिकारकर्मी तथा कानून ब्यवसायी शंकरदीप मडैले सहजिकरण गर्नु भएको फेडोले जनाएको छ ।
कार्यक्रममा सहभागिहरुले समुदायमा जातीय तथा लैङ्गिक बिभेद कायमै रहेको भएपनि आबश्यक कानूनी तथा अधिकार सम्बन्धि जानकारी नहुँदा घट्ना बाहिर आउन नसकेको, मिलेमतोको टुँगिने गरेको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.