Prem

विपद जोखिम न्यूनिकरण गर्न सिलगढीमा सचेतनामूलक प्रदर्शन

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटीको जिल्ला सदरमुकाम सिलगढी टुडिखेलमा आगलागीबाट हुने जोखिम न्यूनिकरण गर्न सचेतनामूलक प्रदर्शन गरिएको छ । डोटीका ३ वटै सुरक्षा निकायले काल्पनिक बस्तीमा भएको आगलागीको घट्नालाई लिएर आगलागी नियन्त्रण, विपद् पश्चात खोज तथा उद्धार, लगत सँकलन, राहत बितरण तथा पुनस्र्थापना, सरोकारवाला निकायको भूमिका लगायतका बिषयमा सन्देशमूलक अभ्यास गरेका थिए ।
आगलागी एउटा विपदको अवस्था हो । आगलागी हुनै नदिने तर्फ साबधानी अपनाउनु पर्दछ । यदि आगलागीका घट्ना भईहालेमा ध्यान दिनुपर्ने कुरामा सर्ब साधारण नागरिकलाई जानकारी गराउन सचेतनामूलक अभ्यास गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी शँकरबहादुर विष्टले बताउनु भयो ।
गर्मियाममा आगलागीका घट्नाहरु हुने गर्दछन । आगलागी हुनै नदिनको लागि प्रत्यक घरपरिवार तथा समुदाय सचेत र साबधान हुन, पूर्ब तयारी अवस्थामा बस्न आबश्यक छ । पूर्ब तयारी अवस्थामा रहेमा आगलागीबाट उत्पन्न हुने विपदबाट जनधनको सम्भावित क्षेती न्यूनिकरण गराउन सकिन्छ, प्रमुख जिल्ला अधिकारी बिष्टको धारणा रहेको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शँकरबहादुर विष्टको अध्यक्षता तथा सामुदायिक बिकास मन्च नेपालका विपद जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली सेनाका ५ नम्बर बाहिनीपति, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पत्रकार,स्थानीय बासिन्दाहरुको  सहभागिता रहेको थियो ।
जिल्ला विपद ब्यवस्थापन समितिको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण डोटी, नेपाली सेना रुद्रध्वज गण सिलगढी डोटीको संयोजन तथा कारितास अस्ट्रिया, कारितास नेपाल, सिडिएफ नेपाल, सामुदायिक विकास केन्द्र डोटी र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले सहयोग गरेका थिए ।
यसैगरि यहि चैत्र २६ गते दिपायलमा बाढीबाट हुने जोखिम न्यूनिकरण गर्नका लागि सन्देशमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.