घण्टेश्वर अनलाईन
धनगढी कैलाली
डोटीका बाढी पीडित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ । गत असोज ३१ गते अबिरल बर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जनही १ लाखका दरले राहत रकम सुदूरपश्चिम प्रदेश सरकारबाट निकासा आएको जिल्ला प्रशासन कार्यलय डोटीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारबाट निकासा आएको उक्त राहत रकम बाढीपहिरोबाट ज्यान गुमाएका १६ जनाका ११ घरपरिवारको बैंक खातामा आईतबार नै जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी शँकरबहादर बिष्टले जानकारी दिनु भयो ।