डोटीको गजडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू

घण्टेश्वर अनलाईन
चौखुट्टे, डोटी
डोटीको पूर्बिचौकी गाउँपालिका वडा नंं ७ गजडा तिनट्टे भन्ने ठाउँमा मँगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन । प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको गौरीगँगा नगरपालिका वडा नं ३ घर भएका २४ बर्षिय ट्याक्टरका चालक ज्ञानेन्द्र चौधरी रहेका छन । ट्याक्टरमा सवार रहेका अछाम चौरपाटी गाउँपालिका वडा नं. ३ घर भएका सह चालक २५ बर्षिय नरबहादुर भूलको जिल्ला अस्पताल सिलगढीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पूर्बिचौकी गाउँ पालिकाको गजडाबाट चौखुट्टे तर्फ गई रहेको से १ त ७८३९ नम्बरको ट्याक्टर मँगलबार दुर्घटना भएको  थियो । सडक भत्केर साँघुरो भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.