चैत्र मसान्त भित्रमा हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय डोटीद्धारा सार्बजनिक सूचना जारी

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
जिल्ला प्रशासन कार्यालय डोटीले चैत्र मसान्त भित्रमा हतियार बुझाउन सार्बजनिक सूचना जारी गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनलाई शान्तिपूर्ण, धाँधली तथा भयरहित रुपमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय डोटीले उक्त सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डोटीद्वारा जारी सूचनामा सबै ईजाजत प्राप्त ब्यक्तिहरुले नजिकको प्रहरी कार्यालयमा गएर आफुसँग रहेको हातहतियार बुझाउन भनिएको छ । स्थानीय प्रहरी प्रशासनमा बुझाईएका हातहतियारहरु सुरक्षित साथ राखिनेर स्थानीय तहको पनर्बाचन सम्पन्न भएपछि सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिने समेत सूचनामा जनाईएको छ । आफुसँग रहेको हातहतियार नजिकको प्रहरीमा नबुझाएका प्रचलित कानून अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शँकरबहादुर बिष्टद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.