जोरायलका ७१ जना कृषकहरुलाई फलफुलका बिरुवा वितरण गरियो

घण्टेश्वर अनलाईन, जोरायल
जोरायल गाउँपालिकाका अगुवा कृषकहरुलाई गत शनिबार एक कार्यक्रमको आयोजना गरि बिभिन्न जातका फलफुलका बिरुवा वितरण गरिएको छ । कृषि तथा फलफुलका क्षेत्रमा उर्वर मानिने जोरायल गाउँपालिकाका बिभिन्न वडाका ७१ जना अगुवा कृषकहरुलाई बिभिन्न जातका फलफुलका बिरुवा वितरण गरिएको जोरायल गाउँपालिका कृषि बिकास शाखाले जनाएको छ ।
उक्त फलफुलका बिरुवाहरु कृषि बिकास निर्देशनालय दिपायल डोटीकोको आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बितरण गरिएको कृषि विकास शाखाका नायव प्राबिधिक सहायक सन्तोष कुमार अवस्थीले जानकारी दिनु भयो ।

वितरण गरिएका फलफुलका जातहरुमा कागती, सुन्तला, मौसमि ,अमिलो ,आँप र लिची गरी करिब १८ हजार बिरुवाहरु रहेका छन ।
फलफुल बिरुवा वितरण कार्यक्रममा गाँउपालिका अध्यक्ष दुर्गा ओझा, उपाध्यक्ष जमुना बोहरा कार्यपालिका सदस्य केशव नेपाली, कृषि बिकास शाखा प्रमुख कमला पति भट्ट ,कृषि बिकास शाखा नायब प्राबिधिक सहायक चन्द्र बहादुर सार्की र सन्तोष कुमार अवस्थि लगायतको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.