
घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
यस बर्षको निजामती सेवा दिवस २०७९ डोटी जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरि पाँच दिनसम्म मनाईने भएको छ । निजामती सेवा दिवस मनाउनका लागि डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको सँयोजकत्वमा समारोह समिति पनि गठन गरिएको छ ।
“ब्यवसायिक र सिर्जनशिल प्रशासन, विकाश समृद्धी र सुशासन” भन्ने मुल नाराका साथ डोटी जिल्लामा रचनात्मक कार्यक्रमका साथ निजामती सेवा दिवस २०७९ मनाउन लागिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार भदौ १८ देखि २२ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरिने छ । निजामति सेवा दिवस समारोह समितिले तय गरेका कार्यक्रमहरुमा क्रमस भाद्र १८ गते बिहान ७ बजे जिल्ला समन्वय समितिदेखी शैलेश्वरी मन्दिरसम्म सरसफाई कार्यक्रम, भाद्र १९ गते बिहान सबै कर्मचारीहरुले आ–आफ्नो कार्यालय सरसफाई गर्ने, भाद्र २१ गते बिहान साढे सात बजे दिपायल सिलगढी नगरपालिका ५ रानीधारामा बृक्षारोपण कार्यक्रम गरिने छन ।
यसैगरि भाद्र २१ गते बेलुकी कर्मचारीहरुले आ–आफ्नो कार्यालयमा दिपावली गर्ने, भाद्र २२ गते बिहान साढे सात बजे सिलगढीको ईन्द्रचोक देखि जिल्ला प्रशासन कार्यालय सम्म प्रभावफेरी गर्ने र भाद्र २२ गते दिउँसो २ बजे जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको जिल्ल प्रशासन कार्यालय डोटीले जनाएको छ ।
निजामती सेवा दिवस २०७९ को अवसरमा आयोजना गरिने बिभिन्न कार्यक्रममा सहभागि भईदिन जिल्ला समारोह समितिले जिल्ला स्थित सम्पूर्ण कर्मचारी, जनप्रतिनिधी, राजनितीक दल, नागरिक समाज, पत्रकार तथा स्थानीयहरुमा आग्रह समेत गरेको छ ।