नेकपा.(माओवादी केन्द) डोटीको टिकट बितरणलाई लिएर असन्तुष्टि छताछुल्ल

घण्टेश्वर अनलाईन
सिलगढी
आगामी मँसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचनमा टिकट बितरणको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) डोटीमा असन्तुष्टि देखिएको छ ।नेकपा.(माओवादी केन्द) का पोलिटब्युरो सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्टको अपमान हुने गरि टिकट खोसिएको भन्दै पार्टीका जिल्ला सह ईन्चार्ज तथा मुख्यमन्त्रीका स्वकिय सचिब प्रेम कुँवरले बिरोध समेत जनाएका छन । उनिहरुले डोटी ख प्रदेश सभाको टिकट बितरणमा पार्टी केन्द्रले गरेको निर्णयमा असहमती समेत रहेको बताएका छन ।
डोटी जिल्लाबाट प्रदेश ख बाट शिबसिंह ओली, प्रेम कुँवर र मिनबहादुर घर्तिमगरको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको थियो । सिफारिस भएकाहरु बिचमा सहमती नभएको भन्दै पार्टी केन्द्रबाट प्रतिनिधि सभाको लागि सिफारिस गरिएका मुख्यमन्त्रीलाई पुन प्रदेशमा दोहर्याउने कुरा बाहिर आएको थियो । पार्टी केन्द्रबाट एकाएक मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिब तथा डोटी जिल्ला ईन्चार्ज शिबसिंह ओलीलाई टिकट दिएपछि प्रत्यासी मध्यका प्रेम कुँवर र मिनबहादुर घर्तिमगरले बिज्ञप्ती प्रकाशित गरि असन्तुष्टि बाहिर ल्याएका हुन । उनिहरुले मुख्यमन्त्री तथा पार्टीका पोलिटव्युरो सदस्य त्रिलोचन भट्टको नाममा आफुहरुले समेत समर्थन जनाएको समेत बिज्ञप्तीमा दावी गरेका छन ।
पार्टी केन्द्रले पार्टी नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टको नाम प्रचार गरेर जिल्ला ईन्चार्ज तथा मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिब शिबसिंह ओलीलाई टिकट दिएर मुख्यमन्त्री भट्टको घोर अपमान गरिएकाले ओलीको उम्मेदवारी सामुहिक रुपमा अस्वीकार गर्ने बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्ती जारी गर्नेहरु मध्ये प्रेम कुँवर (प्रख्यात) मुख्यमन्त्रीका स्वकिय सचिब हुन भने मीनबहादुर घर्तीमगर (विश्व) नेकपा(माओवादी केन्द्र) का डोटी जिल्ला सह ईन्चार्ज हुन । डोटी प्रदेश सभा ख बाट केन्द्रीय सदस्य, डोटी जिल्ला ईन्चार्ज तथा मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिब शिबसिंह ओलीले सत्ता गठबन्धनको तर्फबाट आईतबार उम्मेदवारीको लागि मनोनयन पत्र दर्ता गराई सकेका छन ।

Leave A Reply

Your email address will not be published.