जोरायलको दुत्ते मेलामा २७ चौलो समूहको सहभागिता

All time tax

घण्टेश्वर अनलाईन
जोरायल
जोरायलको प्रसिद्ध दुत्ते मेलामा २७ वटा देउरो(चौलो) समूहहरुले सहभागिता जनाएका छन । जोरायल गाउँपालिकाका वडा नंं ३ र ४ का बिभिन्न गाउँवाट देवी देवताका देउरो(चौलो) समूहहरुले आ आफ्नो चौलो प्रदर्शन गरेको मेला व्यवस्थापन समितिका सचिब ठक्कर कठायतले जानकारी दिनु भयो । चौलो प्रदर्शनीमा सहभागि सबै समूहलाई समितिको तर्फबाट पुरुस्कार प्रदान गरिएको थियो ।
जोरायल दुत्ते मेलाको अवसरमा मेला परिसरमा दिपावलीको अवसरमा शुभकामना कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा पूर्ब मन्त्री तथा डोटी जिल्लाका पूर्ब प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेमगर, जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझा लगायतका बक्ताहरुले शुभ कामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको र मेलामा जोरायल गाउँपालिका तथा छिमेकी गाउँ पालिकाबाट समेत हजारौं भक्तजनहरु सहभागि भएको मेला ब्यवस्थापन समितिले जनाएको छ ।
मेला ब्यवस्थापन समितिका अध्यक्ष दिपसिंह साहुको अध्यक्षता तथा सचिब ठक्कर कठायतको सन्चालनमा सम्पन्न मेला समापन समारोहमा झलक पाली, वडा नं. ३ का वडा अध्यक्ष नबिन ओझा तथा समाजसेवी चन्द्रप्रकाश मल्लले मेलाको महत्व माथी प्रकाश पार्दै आगामी दिनमा मेलालाई थप ब्यवस्थित गर्दै लग्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
हरेक बर्ष भाई टिकाको दिन दिउसो, राती र अर्को दिन विहान सम्म जोरायलको सिलँगीबाग स्थित चड्यौला देवताको थान परिसरमा मेला लाग्ने गर्दछ । बिगत केही बर्ष यता मेलालाई व्यवस्थापन गर्दै ३ दिन सम्म मनाउने गरिएको छ । मेलालाई ब्यवस्थित गर्नको लागि जोरायल गाउँ पालिकाले सहयोग समेत गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.