वरपिपल बचत तथा ऋण सहकारी सँस्था लिमिटेड गैराको १५ औं वार्षिक साधारण सभा सम्पन्न

कबिराम डाँगी
गैरा डोटी
जोरायल गाउँपालिका वडा नं. १ स्थित वरपिपल बचत तथा ऋण सहकारी सँस्था लिमिटेड गैराको १५ औं वार्षिक साधारण सभा बिहिबार गैरामा सम्पन्न भएको छ ।
उक्त वार्षिक साधारण सभाको उद्घाटन गर्दै जोरायल गाउँ पालिका वडा नं. १ का वडा अध्यक्ष जगतबहादुर मल्लले सहकारी सँस्थाहरुले गरीव तथा सिमान्तकृत समुदायको जीवनस्तर उकास्नको लागि सहयोग गर्नु पर्ने कुरा बताउनु भयो ।
कुनै समयमा गाउँ गाउँमा सहकारीको अबधारणा सान्दर्भिक थियो । तर अहिले एउटा सवल र सुदृढ सहकारी सँस्थाको आबश्यकता रहेको बताउदै वडा अध्यक्ष मल्लले वडामा छरिएर रहेका सहकारी सँस्थाहरुलाई एकीकरण गर्ने अभियानमा लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
सहकारी सँस्थाका अध्यक्ष गमबहादुर खत्रीको अध्यक्षता तथा सचिब मोहन मल्लको सन्चालनमा सम्पन्न वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले सहकारी सँस्थाहरुलाई एकीकरण गरि एउटै सहकारी सँस्था निर्माण गर्नु पर्ने कुरा बताएका थिए ।
साधारण सभामा वोल्दै सहकारी सँस्थामा अध्यक्ष गमबहादुर खत्रीले सबै शेयर सदस्यहरु तथा सरोकारवालाको धारणा अनुसार सहकारी सँस्थाहरुलाई एकीकरण गर्ने अभियानमा आफ्नो सहकारी सँस्था सकारात्मक रहेको र त्यसको लागि छिट्टै कार्यदल बनाईने जानकारी दिनु भयो ।
कार्यक्रममा जोरायल गाउँपालिका कार्यपालिका सदस्य ईन्द्रादेबी ओली, निबर्तमान वडा अध्यक्ष भजनसिंह मल्ल, गौरीशँकर माबि व्यवस्थापन समिति अध्यक्ष सोभान ओली, ज्योतीपुन्ज महिला बहुउद्देश्यीय सहकारी सँस्थामा अध्यक्ष ज्ञानु मल्ल, कृषि ज्ञान केन्द्र डोटीका सहजकर्ता तथा अगुवा कृषक खड्क मल्ल लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
उक्त साधारण सभामा सहकारी सँस्थाको वार्षिक प्रतिबेदन गमबहादुर खत्री र आर्थिक प्रतिबेदन व्यवस्थापक चन्द्रकुमारी गुरुङले प्रस्तुत गर्नु भएको थियो । उक्त सहकारी सँस्थामा करिब ७ सय बढी शेयर सदस्यहरु रहेका छन ।

Leave A Reply

Your email address will not be published.