Prem

स्वर्गिय प्रेम आचार्यको परिवारलाई डोटी उद्योग वाणिज्यद्वारा आर्थिक सहयोग

घण्टेश्वर अनलाईन
दिपायल
काठमाण्डौंको नयाँ बानेश्वर स्थित सँसद भवन अगाडी आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई डोटी उद्योग वाणिज्य सँघ दिपायलले आर्थिक सहयोग गरेको छ ।
दिपायल क्षेत्रका उद्योगी व्यापारीहरुबाट आर्थिक सहयोग सँकलन गरि कुल ६६ हजार ४ सय १ स्व. आचार्यकी श्रीमति नानुका अधिकारीको बैंक खातामा जम्मा गरिएको डोटी उद्योय वाणिज्य सँघका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिनु भयो ।
अध्यक्ष कलेलका अनुसार उक्त रकम दिपायलको पिपल्ला क्षेत्रबाट ५२ हजार १ सय ९३ र राजपुर क्षेत्रबाट १४ हजार १ सय ७५ गरि कुल ६६ हजार ४ सय १ सँकलन भएको थियो ।
डोटी उद्योग वाणिज्य सँघ दिपायलका अध्यक्ष मोहन कलेल, उपाध्यक्ष बासुदेब गौतम, शैलेश्वरी अस्पतालका प्रबन्ध निर्देशक आईजङ्ग कुँवर लगायतका उद्योगी ब्यापारीहरुको सकृयतामा आर्थिक सँकलन गरिएको थियो ।
विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीतिनियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए ।
आर्थिक कारणबाट आचार्यले आत्मदाह गरेको घट्नाले डोटीका उद्योगी ब्यापारीहरु दुःखी भएको बताउदै थोरै भएपनि आचार्यको परिवारलाई राहत पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष कलेलले बताउनु भयो ।

अध्यक्ष कलेलले सँघले शुरु गरेको अभियानमा सहयोग गर्ने डोटीको उद्योगी व्यापारी, सर्बसाधारण सबैलाई धन्यवाद दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.