जन्मदिनको अवसरमा अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न बितरण

जन्मदिनको अवसरमा अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न बितरण

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश बोहरा र स्थानीय समाजसेवी गणेश क्षेडालले अपाँगता भएका ब्यक्तिहरुसँग आफ्नो जन्म दिन मनाएका छन ।
आफ्नो जन्म दिनको अबसरमा वडा अध्यक्ष गणेश बोहरा र स्थानीय समाजसेवी गणेश क्षेडालले धनगढी स्थित नेपाल अपाङ्ग सँघ, खगेन्द्र नवजीवन केन्द्र धनगढीमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न बितरण गरेका थिए ।
जन्म दिन हरेक व्यक्तिको लागि खुशीको क्षण हो । बिगतका बर्षमा परिवारका सदस्यहरुका बीचमा जन्म दिन मनाउने गरिएकोमा यस बर्ष अपाँगता भएका ब्यक्तिहरुसँग जन्म दिन मनाईएको वडा अध्यक्ष बोहराले बताउनु भयो ।
वडा अध्यक्ष बोहराका अनुसार जन्म दिनको अवसरमा ८ हजार बराबरको खाद्यान्न सामग्री धनगढी स्थित नेपाल अपाङ्ग सँघ, खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाँगता भएका ब्यक्तिहरुलाई बितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.