Prem

टेक्सासको अस्टिनमा नेपाली नयाँ बर्ष उत्सबको रुपमा मनाईयो

घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
टेक्सासको अस्टिनबासी नेपाली समुदायले बिभिन्न कार्यक्रमको आयोजना गरि आईतबार नेपाली नयाँ बर्ष उत्सबको रुपमा मनाएका छन ।
कोरोना महामारी सामान्य अवस्थामा आएपछि अस्टिनबासी नेपाली समुदायले नेपाली नयाँ बर्ष उत्सवका रुपमा मनाएका हुन । ग्रेटर अस्टिन नेपाली समाजको आयोजनामा अस्टिनको इमि क्भततभिचक एबचप ीबपभखष्भध एबखष्ष्यिल मा बिभिन्न साँस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम तथा सामुहिक भोजन लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाली नयाँ बर्षपनि नेपाली समुदायको महत्वपूर्ण चाड भएकाले नेपाली समुदायहरु एकै स्थानमा जम्मा भएर सामुहिक रुपमा उत्सवको रुपमा मनाउने गरिएको ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।
कार्यक्रममा सहभागि नेपाली समुदायले परदेशमा नयाँ बर्षलाई उत्सबका रुपमा मनाउदा आफुहरुलाई नेपालमै रहेको अनुभूति भएको र स्वदेशको झल्को आएको प्रतिकृया दिएका थिए ।
अस्टिनका सामाजिक अभियन्ता देवराज न्यौपानेले प्रवासमा रहेर मातृभूमि नेपाललाई सम्झिने र नेपालीपनलाई कायम राख्न सामुहिक चाडपर्ब मनाउने कार्यक्रमले ठूलो सहयोग गरेको बताउनु भयो ।
नयाँ बर्ष उत्सब कार्यक्रममा अतिथीका रुपमा उपस्थित नेपालका चर्चित कलाकार मिलन लामाले माझीदाई पोखरा लगायत बिभिन्न नयाँ तथा पुराना गितहरु गाउँदा सहभागिहरु धित मरिन्जेल नाचेका थिए ।
कार्यक्रममा सहभागि गैरआवासिय नेपाली सँघ अमेरिकाका पूर्ब अध्यक्ष सुनिल शाह, गैरआवासिय नेपाली सँघ अमेरिकाका उपाध्यक्ष सुमन थापाले नेपाली समुदायलाई शुभकामना दिदै प्रवासमा नेपाली समुदायलाई बलियो बनाउनका लागि सबै गैरआवासिय नेपाली सँघमा आबद्ध हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
अस्टिनमा निर्माणाधिन पशुपतिनाथको मन्दिर नेपाली समुदायको पहिचान भएकाले मन्दिरको निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्न सार्बजनिक रुपमा अपिल गरिएको थियो । मन्दिर निर्माण समितिका सँयोजक गेहेन्द्र केसीले मन्दिर निर्माणको अवस्थाको प्रगति वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पूर्ब अध्यक्ष देबराज न्यौपाने, समाजसेवी निर्मल श्रेष्ठले आ आफ्नो मन्तब्य व्यक्त गर्दै मन्दिर निर्माणको लागि सामुहिक प्रतिबद्धता र सहयोगको खाँचो रहेको बिचार व्यक्त गर्नु भयो ।
उक्त नयाँ बर्ष उत्सबको अवसरमा आयोजना गरिएको भलिवल प्रतियोगितामा प्रथम हुने अस्टिन व्वाईज टीमलाई शिल्ड, प्रमाण पत्र तथा १ हजार डलर नगद र दोश्रो स्थान हासिल गर्ने टिम रुकुमलाई ५ सय डलर नगद प्रदान गरिएको थियो ।
नयाँ बर्ष नेपाली समुदायले हरेक बर्ष बैशाख १ गतेलाई मनाउने गरिएपनि सबैलाई अनुकुल समय मिलाएर आईतबार नयाँ बर्ष उत्सब कार्यक्रम आयोजना गरिएको ग्रेटर अस्टिन नेपाली समाजले जनाएको छ । नेपाली नयाँ बर्ष उत्सब कार्यक्रमलाई सहयोग गर्ने बिभिन्न व्यक्ति तथा सँस्था, व्यवसायीहरु, क्यामेरा म्यान तथा भिडियो रेकर्डर लगायत सबैमा ग्रेटर अस्टिन नेपाली समाजले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.