जोरायलको खसरेमा अन्तराष्ट्रिय नारी दिवस मनाईयो

घण्टेश्वर अनलाईन
जोरायल
यस बर्षको ११४ औँ अन्तराष्ट्रिय नारी दिवस जोरायल गाउँ पालिका वडा नं. ६ निरौली खसरेमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । जोरायल गाउँ पालिका वडा नंं ६ वडा कार्यालय र सामुदायिक बिकास मन्च डोटीको सहयोगमा महिला विकास समाज खसरेले महिला दिवस कार्यक्रमको आयोजना गरेको थियो । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जोरायल गाउँ पालिका वडा नंं ६ खसरेमा आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त कार्यक्रममा हाजिरी जवाफ प्रतियोगितामा रघुनाथ मावि निरौली प्रथम, कृष्ण मावि दह दोश्रो र दुर्गा मावि लमौतेले तृतीय स्थान हासिल प्राप्त गरेका थिए ।
साथै उक्त अवसरमा वडामा रहेका विभिन्न १४ वटा स्वस्थ महिला आमा समूहबाट नारी हिंसा अन्त्य र महिला अधिकारसँग सम्बन्धित बिभिन्न सन्देशमूलक डेउडा गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
निरौली महिला विकास समाजका अध्यक्ष रिता बोहराको अध्यक्षता तथा सामुदायिक बिकास मन्च डोटीका करण साउदले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा सुरक्षाकर्मी, जनप्रतिनिधि,सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, बिद्यालयका शिक्षक बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.