घण्टेश्वर अनलाईन
जोरायल
राष्ट्रिय स्वतन्त्र पार्टीले जोरायल गाउँ पालिकामा ५ महिने घर दैलो अभियान सन्चालन गर्ने भएको छ । अभियान आगामी बैशाख देखि भदौसम्म सन्चालन हुने सो पार्टीका जोरायल गाउँ पालिका कमिटी सचिब बिनोद बोहराले बताए ।
सचिब बोहराका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी जोरायल गाउँ कमिटीको हिजो सम्पन्न बैठकले जोरायल गाउँ पालिकाका ६ वटै वडाका बस्ती तहमा अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय जोरायल गाउँ पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आकर्षण बढी रहेको अवस्थामा अभियान मार्फत सँगठन निर्माण तथा बिस्तार गर्न लागेको सो पार्टीले जनाएको छ ।